काठमाडौँ– स्थानीय निर्वाचान तथा संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाएका छन्।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठक तीन बजे बस्दै छ ।


ADVERTISEMENT

# # #