काठमाडौं – दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ । फिरोज शाह कोट्लामा हुने खेलमा घरेलु टोली दिल्ली जितको खोजीमा हुनेछ । यता कोलकत्ता पनि जित हात पार्ने दाउमा छ ।


ADVERTISEMENT


दिल्लीको लागि यो खेल निकै महत्वपूर्ण हो । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।


ADVERTISEMENT

# # #


दिल्लीको कप्तानी श्रेयस आइयरले सम्हाल्दै छन् । यसअघिका ६ खेलमध्ये ५ खेलमा हार ब्यहोरेपछि दिल्लीको कप्तानबाट गौतम गम्भिरलाई हटाईएको थियो । दिल्लीले प्रतियोगितामा एकपछि अर्को खराब प्रदर्शन गर्दै आएको छ । ५ खेलमा हार र १ खेलमा जित हात पारेको दिल्ली आईपीएलको पुछारमा छ ।

यसअघि अवे खेलमा कोलकत्तासँग दिल्ली ७१ रनको भारी अन्तरले पराजित भएको थियो । २०१ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको दिल्ली १२९ रनमा अलआउट भएको थियो । ग्लेन म्याक्श्वेलले ४७ र रिशभ पन्तले ४३ रन बनाएपनि दिल्लीलाई जित दिलाउन सकेका थिएनन् ।

दिल्लीमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, ट्रेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी ८ जना विदेशी खेलाडी छन् । यी मध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउने छन् ।
नेपालका युवा खेलाडी सन्दीपको आजको खेलमा खेल्ने मौका निकै कम रहेको छ ।