काठमाडौं–काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली भइ पानी परेको छ । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने मौसमविदले अनुमान गरेका छन् ।


ADVERTISEMENT


बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको कारण र प्रि मनसुन गतिविधि सक्रिय भएका कारण पानी परिरहेको छ ।


ADVERTISEMENT

# # #


मौसमविद विभुति पोखरेलका अनुसार जलवाष्पयुक्त वायु पश्चिमबाट पूर्वतर्फ सरिरहेको छ । आज एकछिन आकास खुलेजस्तो भए पनि फेरि बदली हुने पोखरेलले जानकारी दिइन् ।

शुक्रबार पनि काठमाडौं उपत्यकामा असिना पानी परेको थियो । काठमाडौंमा गएको २४ घण्टामा २८ दशमलव २ मिलिमिटर पानी परेको छ ।