लहान–पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT


सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।


ADVERTISEMENT

# # #


पडरिया चोकदेखि पश्चिममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।