नवलपरासी–नवलपरासीमा हालसम्म २१ जनामा औलो रोगको संक्रमण देखिएको छ । पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।


ADVERTISEMENT


गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा १० जनामा उक्त रोग बढी देखिएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा जिल्लामा ११ जना औलो रोगी भेटिएका थिए । तीमध्ये पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा चार जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


गत आवमा साविकको पक्लिहवा गाविसमा सबैभन्दा बढी तीन जनामा औँलो रोग देखिएको थियो भने चालु आर्थिक वर्षको हालसम्ममा पूर्वी नवलपरासी साविकको रतनपुर गाविसमा सात जनामा औलो रोग देखिएको हो ।

उक्त क्षेत्र सीमसार क्षेत्र भएकाले बढी औलो प्रभावित क्षेत्र भएको जिल्ला जनस्वास्थ्य प्रमुख अरुणकुमार महतोले जानकारी दिए ।

विश्व औँलो दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले ‘औलोविरुद्धको अभियान हामी सबै सहभागी बनौँ’ भन्ने नाराका साथ अभियान चलाएको छ ।