बुटवल–प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।


ADVERTISEMENT


‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले भारततर्फ लक्षित गर्दै भने, ‘जमीनमा मात्रै होइन, आकाशमा पनि कुञ्जुस्याइँ गरिनु उपयुक्त हुँदैन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’

नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका छन् । तर, भैरहवा र निजगढ विमानस्थलमा उडानअवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको अवस्था छ ।