काठमाडौं–काँग्रेस सभापति शेरवहादुर देउवाइतरसमूहको माग सम्वोधन नगरि काँग्रेस केन्द्रीय समितिको बैठक टुंगिने भएको छ ।


ADVERTISEMENT


चैत ९ देखि निर्वाचन समीक्षाको लागि डाकिएको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलापक्षले हारको जिम्मेवारी सभापतिले लिनुपर्ने अडान राख्दै आएका छन् । निर्णयार्थ पेश गर्न लागिएको महामन्त्रीको प्रस्तावमा सहमति जुटाउनको लागि आज पनि नेताहरुको अनौपचारिक बैठक वसिरहेको छ ।


ADVERTISEMENT

# # #


निर्णयहरुमा सहमति हुन नसक्दा ९ वजे वोलाइएको बैठक ढिला भएको छ । विमति टुङ्याउन शिर्ष नेताहरुको बैठक वसिरहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी गराए । यसअघि, केन्द्रीय कार्यसमितिको वैठक शनिवार समापन गर्ने प्रयास विमतिका कारण सम्भव भएको थिएन ।

पौडेल र सिटौला पक्षले निर्वाचन पराजयको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने अडान लिएका थिए भने देउवाले पराजयको दोष सभापतिको मात्रै नभएको जिकीर गरेका थिए ।

शनिवार विहान ९ वजेका लागि वोलाइएको वैठक सहमति जुटाउने प्रयासका लागि दिउँसो ३ वजे बोलाइएको थियो । शिर्ष नेताहरुको साँझ ७ सम्म वसेको वैठकमा सहमति पहिल्याउन नसकेपछि वैठकै नवसि स्थगित गरिएको थियो । देउवा इतर समुहले निर्वाचन पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने, विधान विपरित गठन भएका समितिहरु भंग गर्नुपर्ने, महासमिति र जिल्ला सभापतिको भेला छिटो वोलाउनुपर्ने माग गरेका छन् ।

सभापति पक्षका नेताहरुले भने महासमतिीको वैठक तत्काल वोलाउन सम्भव नभएको वताएका छन् । विधान मस्यौदा समितिको सुझाव अनुसार छलफल गर्न समय लाग्ने भएकोले भदौ पछि मात्रै महासमितिको वैठक उपयुक्त हुने वताएका छन् । विधान मस्यौदा समितिको संयोजकका विषयमा पनि विवाद रहेको बताइएको छ । निर्वाचन प्रयोजनका लागि गठन भएका समितिहरुको हाल उपादेयता नरहेकोले भंग गर्न आवश्यक नरहेको देउवा निकट नेता विर बहादुर बलायरले बताए ।

बर्षात्को समयमा महासमिति सदस्यहरु वैठकमा उपस्थित हुन समस्या पर्ने भएकोले वबर्षात् पछि मात्रै बैठक डाक्नुपर्ने उनले बताए । बलायरले काँग्रेस नहारेको भए इतर समुहले विषय उठान नै नगर्ने जिकीर गरे । सवै समितिमा आफुहरु पनि वस्ने, निर्णय गर्दा सहमति जनाउने तर निर्वाचन पराजयको दोष एक व्यक्तिलाई थोपर्न मिल्छ ? उनले प्रश्न गरे ।

पौडेल र सिटौला पक्षका नेताहरुले निर्णयहरुमा सहमति हुन नसके “नोट अफ डिसेन्ट” लेख्ने चेतावनी दिएका थिए । सहमतिका लागि सभापति देउवा, पौडेल,प्रकाशमान सिंह,विमलेन्द्र निधी , विजय गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा जुटेका थिए । युवा सदस्यहरुको प्रस्तावहरु सम्वोधन नभए नोट अफ डिसेन्ट लेख्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए । ‘युवाहरुका तर्फवाट प्रस्तुत संयुक्त प्रस्तावलाई सम्वोधन नगरिएर नोट अफ डिसेन्ट लेखि हाम्रा प्रस्ताव महासमितिको वैठकमा पेश गर्छौँ ।’ भण्डारीले भने ।

महामन्त्री शशांक कोइरालाले निर्णयार्थ वैठकमा प्रस्ताव पेश गरेपछि वैठकले पारित गरि सभापतिले जवाफ दिएर वैठक आज सकिने वताइएको छ । निर्वाचन पराजयको जिम्मेवारी, महासमिति वैठक, विधान विपरितका समिति भंग लगायतका निर्णयहरुमा सहमति नबनेको पौडेल निकट एक नेताले बताए । पौडेल पक्ष महासमितिको वैठक असार पहिलोे साता भित्र वैठक वोलाउनुपर्ने अडानमा छ भने देउवा पक्षीय नेताहरु भाद्र वा असोजमा वैठक डाक्ने मनस्थितीमा छन् । चुनावी जिम्मेवारीको निर्णयमा भाषा मिलाउन वाँकी रहेको वताउँदै देउवा निकट मिन विश्वकर्माले भने ‘भाषागत बिबाद हो, मिल्छ ।’ बैठक आज सकिने उनले जानकारी गराएका छन् ।