काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन साना तथा मझौंला घरेलु उद्योगको विकासमा जोड दिएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित दक्षिण एसियाली साना तथा मझौला उद्यम फोरमको तेस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै मन्त्री यादवले साना तथा घरेलु उद्योगमार्फत् उत्पादन बढाएर मुलुकमा विद्यमान व्यापार घाटालाई कम गर्ने योजना पनि अघि सारे । उनले आधुनिक प्रविधिको प्रयोग गर्दै साना तथा मझौला घरेलु उत्पादनको बृद्धि गर्न आफूहरु लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


ADVERTISEMENT

# # #


मन्त्री यादवले नेपाललाई विकासशील राष्ट्र बनाउन पनि यहाँको साना तथा मझौंला उद्यमहरुको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । दक्षिण एशीयाली राष्ट्रहरुको साना तथा मझौंला उद्योगहरुको विकासलाई सहज ढंगले अघि बढाउन आवश्यक कार्ययोजना तय गर्न शिखर सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा दक्षिण एशीयाली राष्ट्रका १ सय ५० जनाभन्दा बढि साना तथा मझौंला उद्यमीहरु सहभागी भएका छन् ।