डोल्पा– दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा बिस्तार भएको छ । डोल्पा बुद्ध गाँउपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोवाईल फोन सेवा सुरु भएपछि धो बासीहरुले मोबाइलबाट देश–विदेशमा कुरा गर्न पाएका छन् ।


ADVERTISEMENT


फोन सेवाको अभावमा बर्षौ देखि सम्पर्क विहिन हुँदै आएको धो बस्ती संञ्चार सुविधामा जोडिएपछि उपल्लो डोल्पाबासीहरु खुशी भएकाछन् । धो बस्तीमा नेपाल टेलिकमले माइक्रो विटियस नमस्ते टावर को बिस्तार गरेसँगै वर्षौ देखिको स्थानियवासीको सपना साकार भएको दुर संञ्चार कार्यालय डोल्पाले जनाएको छ ।


ADVERTISEMENT

# # #


माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाँउपालिकामा पर्ने धो बस्तीमा माइक्रो बिटिएस जि एस एम मोबाइल टावर बैशाख ९ बाट संचालनमा आएको हो । उक्त मोवाइल टावरबाट एक पटकमा १४ वटा सम्मले मात्र कुरा गर्न सकिने टावर जडानका लागि डोल्पा पुगेका प्राविधिक खेम राज सिंह बोहोराले जानाकारी दिए ।

पहिलो पटक माथिल्लो भोटमा परिक्षणको लागी ५ वटा मात्र च्यालन भएको रसियन ९टाइम स्लोट० उपकरण जडान गरिएको हो ।यो प्रविधि अत्यन्तै महंगो पर्ने बताइएको छ । उक्त टावरले धो, ताक्सीलगायतका बस्तीहरुका कुनाकुनामा फोनले काम नगर्ने भएपनि थोरै भएपनि समस्या समाधान भएको डोल्पो बुद्ध गाउपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए ।

जिल्लाकै बिकट क्षेत्र मानिने उपल्लो डोल्पा साल्दाङ, भिजेर, फोक्सुन्डो, छार्कालगायतका दर्जनौं बस्तीहरु अझैपनि फोन सम्पर्कविहिन छन् । सांसद सत्या पहाडीले उपल्लो डोल्पा संञ्चार पहुँचमा जोड्नका लागि बिशेष पहल गरिरहेको बताइन् । उनले भनिन्, ‘अब छिट्टै त्यहाँका गाँउबस्तीहरुमा फोन सुविधा बिस्तार गरेर यहाँका जनताको घरआगनबाटै विश्वसँग जोड्छौं ।’