काठमाडौं । तनावपूर्ण सम्बन्धमा रहेका दुई छिमेकी मुलुक भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्न लागेका छन ।


ADVERTISEMENT


आउँदो सेप्टेम्बरमा रसियामा हुने अन्तरदेशीय प्रतिआतंकवाद अभ्यासमा भारत र पाकिस्तानले सँगै सैन्य अभ्यास गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


सांघाइ कोपरेसन अर्गनाइजेसन ९ओएससीओ० ले आयोजना गरेको उक्त संयुक्त सैन्य अभ्यासमा चीनसहित एससीओका सदस्य राष्ट्र सहभागी हुनेछन् । भारतीय रक्षा मन्त्री निर्मला सिथारमनले भारतीय समाचार संस्था पीटीआईसँग यो कुराको पुष्टि गरेकी छन् ।

यो सैन्य अभ्यास रसियाको युराल पर्वतमा हुने सम्भावना छ । यसको मुख्य उद्देश्य सांघाइ कोअपरेसन अर्गनाइजेसन ९एससीओ० का सदस्य राष्ट्रको आतंकवाद विरुद्धको सहकार्य अभिवृद्धि गर्नु हो ।

भारत र पाकिस्तानका सैनिकहरुले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सँगै काम गरे पनि संयुक्त सैन्य अभ्यास हुन लागेको भने ती राष्ट्रहरु स्वतन्त्र भएपछि नै पहिलो पटक हो ।

उक्त कार्यक्रममा भारत र चीनबीच रोकिको द्विपक्षीय सैन्य अभ्यास पनि नियमित हुने अनुमान गरिएको छ । जुन गत वर्ष डोकलाम घटनापछि रोकिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको अनौपचारिक कुराकानीमा दुबै नेताले आपसी समझादारी कायम गर्न, सञ्चार सम्पर्क बलियो बनाउन र सीमा क्षेत्र व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

सांघाइ कोअपरेसन अर्गनाइजेसनको स्थापना सन् २००१ मा भएको हो । हाल यसको अध्यक्षता रसियाले गरेको छ ।