काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले बहुमूल्य पत्थर मणिसहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


परिसर, महानगरीय प्रहरी प्रभाग नागढुंगाले शनिबार राति धादिङबाट काठमाडौँ आउँदै गरेको वा ४ ख ५८४६ नंको बस जाँचका क्रममा धादिङका २१ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


अभियुक्त तामाङसँग प्रहरीले ४६२ ग्राम मणि बरामद गरेको छ ।

तामाङलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आज खानी तथा भूगर्भ विभाग लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।