काठमाडौं – १४ औं अन्तर्राष्ट्रिय व्यापार मेलाको चौँथो दिन सोमबारसम्म झण्डै दश करोड बराबरको आर्थिक कारोबार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले ४ दिनसम्ममा मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार भएको जानकारी दिएको हो ।


ADVERTISEMENT


करिव १ लाख ४० हजारले अवलोकन गरेको पनि अनुमान गरिएको छ । शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डवमा सुरु भएको मेला भोलीसम्म चल्नेछ । सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतका जनप्रतिनिधिहरुले पनि मेलाको अवलोकन गरेका थिए ।


ADVERTISEMENT

# # #


स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामा भारत, बंगलादेश, पाकिस्तानलगायतका सार्क राष्ट्रहरुको पनि स्टल राखिएको छ ।