काबुल–अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि छन् ।


ADVERTISEMENT

# # #


अधिकारीका अनुसार मोटरसाईकलमा आएका आक्रमणकारीले सोमबार बिहान पहिलो बम आक्रमण गरेका थिए ।

लगत्तै विस्फोटस्थलमा पुगेका स्थानीय र सञ्चारकर्मीलाई लक्षित गरी पहिलो आक्रमणको करिव १५ मिनेटपछि दोस्रो आक्रमण गरिएको थियो ।