काठमाडौं–घरको कौसीमा वा आफ्नो जग्गामा सोलार प्यानल जडान गर्नुस, त्यसबाट आँउने बिजुली बेचेर धनी बन्नुहोस । कसैले यस्तो सुझाव दियो भने ठट्टा गरेको होला भनेर नसोच्नुहोला ।


ADVERTISEMENT


अब नेपाल बिद्युत प्राधिकरणले तपाईले आफ्नै घरमा उत्पादन गरेको बिजुली खरिद गर्नेछ र तपाईलाई चाहिएको बेला आफूले उत्पादन गरेको बिजुली पनि दिनेछ । तर यसका लागि तपाईले कम्तिमा पनि दैनिक ५ किलोवाट बिद्युत उत्पादन गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले अनुमानित झन्डै चार देखि पाँच लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


नेट मिटरिङ भनिने यो प्रक्रियामा हालसम्म १५ जना सहभागी भएको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्रोतलाई जानकारी दिए । नेट मिटरिङ प्रक्रियामा आफ्नो घरमा राखिएको सोलारबाट प्राप्त हुने बिद्युत उर्जा आफैले चाहिएजति खपत गर्न सकिन्छ ।

घरमा भएको खपतबाट बाँकी रहेको उर्जा प्राधिकरणले तोकिएको प्रतियुनिट रुपैयाको दरले खरिद गर्नेछ । सोलारबाट दिँउसो मात्र बिद्युत उत्पादन हुने भएकोले रातीको समयमा भने प्राधिकरणले नै ब्यक्तिलाई बिजुली दिनेछ ।

सोलारबाट उत्पादन हुने बिद्युत उर्जा ब्यक्तिको घरबाट प्राधिकरणको प्रशारण लाइनामा जोडिन्छ । दिँउसोको समयमा प्राधिकरणले खपत गरेको बिद्युत मिटरमा देखाँउछ भने राती प्राधिकरणबाट ब्यक्तिको घरमा खपत भएको बिद्युत पनि मिटरले मापन गर्छ ।

एक महिनामा प्राधिकरणको बिद्युत ब्यक्तिले कति खपत ग¥यो र प्राधिकरणले ब्यक्तिको घरमा उत्पादन गरेको बिद्युत कति खपत ग¥यो भनेर युनिटका आधारमा हिसाव किताब हुन्छ र सोही अनुसार आर्थिक कारोबार हुने कार्यकारी निर्देशक घिसिङले बताए ।

विभिन्न मुलुकहरुमा यसको प्रयोग भएपनि नेपालमा भने पहिलोे पटक यो प्रक्रियालाई अगाडि बढाइएको हो । उर्जा संकट हटाउन सरकारले अघि सारेको ‘हरेक घर–उर्जा घर’ भन्ने कार्ययोजना अनुसार ‘नेट मिटरिङ’ प्रक्रिया शुरु गरिएको हो ।

यो प्रक्रिया अनुसार ब्यक्तिहरुले आफ्नो घरको छतहरुमा सोलार प्यानल राखेर बिद्युत उत्पादन गर्न सक्छन् । यसरी उत्पादन भएको बिद्युतलाई प्राधिकरणले आफ्नो ग्रिडमा जोड्ने गर्छ । यसका लागि दुईतर्फी बिद्युत मिटर रिडिङ गरिन्छ । यस्तो मिटर बिद्युत आयात तथा निर्यात गरेको बिद्युत मिटरिङ गर्छ । सोही अनुसार आर्थिक कारोबार गरिन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्थानीय तहका कार्यालयहरु, साना सिंचाई परियोजनाहरुमा सौर्य उर्जाबाट बिद्युत उत्पादन गर्ने र त्यसलाई नेट मिटरिङ गर्न सकिने बताए । नेपालमा सुख्खा यामका अझै बिजुली संकटको अवस्था रहेको छ ।

उर्जा संकट हल गर्ने एउटा उपाएका रुपमा नेट मिटरिङलाई पनि लिइएको छ । यसका ब्यक्तिले घरमा सोलार प्लान्ट स्थापना गरेर सौर्यउर्जा उत्पादन गर्न थालेपछि प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ । नेपालमा अहिले ४० लाख बिद्युत प्राधिकरणका ग्राहक छन् । ५ लाख ग्राहक मात्र नेट मिटरिङ प्रक्रियामा आए उर्जा विकासमा सहज हुने घिसिङले बताए ।

के हो नेट मिटरिङ ?
सोलार प्रणालीबाट ब्यक्तिको घरमा उत्पादन भएको बिजुली मध्ये प्रयोग भएर बाँकी रहेको बिजुली प्राधिकरणलाई बिक्रि गरिने प्रक्रिया हो । ब्यक्तिले आफ्नो घरको छतमा लगाएको सोलार प्यानलबाट उत्पादन भएको बिजुली प्राधिकरणको ग्रीडमा जोडिन्छ जहाँ कति बिद्युत निर्यात हुन्छ भनेर मिटर लगाइएको हो ।

मिटरमा अंक उठेको आधारमा तोकिएको दर रेटमा प्राधिकरणले ब्यक्तिलाई पैसा दिने गर्छ । अर्कोतर्फ सोलारबाट दिँउसो मात्र बिद्युत उत्पादन हुने भएकोले रातीको समयमा भने बिद्युत प्राधिकरणको बिजुली प्रयोग गर्नुपर्ने हुन्छ ।

प्राधिकरणको बिद्युत खपत दर पनि मिटरमा अंकित हुन्छ । एक अर्काले उत्पादन गरको बिजुली मध्ये जसले बढी खपत गर्छ उसले कम खपत गर्नेलाई मिटरका आधारमा पैसा दिन्छ । यसरी ब्यक्तिको घरमा सोलारबाट उत्पादन भएको बिजुली प्राधिकरणले खरिद गर्छ भने बेलुकाको समयमा प्राधिकरणले उत्पादन गरेको बिजुली ब्यक्तिले खरिद गर्छ ।