एजेन्सी– पाकिस्तानी मूलका बेलायती राजनेता साजिद जावेदले बेलायतको गृहमन्त्री पद सम्हालेर एक इतिहास रचेका छन् । साजिद बेलायती इतिहासमा यती ठूलो पद पाउने पाकिस्तानी मूलका पहिलो नेता बनेका छन् ।


ADVERTISEMENT


४८ वर्षीय साजिदको जन्म सन् १९६९ मा बेलायतको रोशडेल नामक शहरमा भएको थियो । यो त्यही शहर हो जहाँबाट ‘आधुनिक सहकारिता आन्दोलन’ले जन्म लिएको थियो ।


ADVERTISEMENT

# # #


बेलायती प्रधानमन्त्री थेरेसा मेसंग साजिद

विभाजनको त्रासदी झेलेको परिवार

साजिदका बुवा अब्दुल गनी सन् १९६० मा पाकिस्तानको एउटा सानो गाउँबाट कामको खोजीका लागि बेलायत गएका थिए । तर साजिदको परिवार उनै सैकडौँ परिवारसंग थिए जसले भारत–पाकिस्तान विभाजनको त्रासदी झेलिरहेका थिए।

उनका आमा बुवाको जन्म भारतमा भएको थियो । तर पछि भारतबाट पाकिस्तान अलग्गिएपछि पाकिस्तान जानुपर्ने अवस्था आएको थियो । सन् १९६० मा १७ वर्षको उमेरमा उनका पिताले पाकिस्तान छोडेर बेलायत जाने निर्णय गरेका थिए । साजिदले अंग्रेजी पत्रिका ‘द गार्डियन’ संग कुरा गरेर बताएका छन्  कि बेलायत आउँदा उनका बुवासंग खल्तीमा जम्मा एक पाउन्ड मात्रै थियो ।

तर बदलियो कहानी

साजिदले सन् २०१२ मा अंग्रजी पत्रिका ‘इवनिंग स्टान्डर्ड’ लाई दिएको एक अन्तर्वार्तामा बताएका थिए कि उनका बुवाले बेलायत आरएपछि कामको लागि कस्तो किसिमका संघर्ष गरेका थिए ।

साजिद बताउँछन्, ‘रोशडेलमा बस्नुका साथै उहाँले कपडाको मिलमा काम गर्न थाल्नुभयो । उहाँका साथीहरुले उहाँलाई ‘मिस्टर नाइट एन्ड डे’ भनेर बोलाउँथे किनकी उहाँ रातदिन काम गरिरहनु हुन्थ्यो । तर उहाँ एकदमै महत्वाकांक्षी हुनुहुन्थ्यो । त्यस पछि उहाँले बस ड्राइभरले बढी कमाउने कुरा थाहा पाए र ड्राइभर बन्नु भयो ।’

बस ड्राइभरका रुपमा केही समय काम गरेपछि साजिद बुवाले ब्रिस्टलमा महिलाका भित्रीव्रस्त्र बेच्ने पसल खोलेका थिए । यस पसलको माथि दुई कोठाको घरमा साजिदको पूरै परिवार रहने गर्दथ्यो ।

बाल्यकालमा एकदमै बदमास थिए साजित

अब्दुल गनीका पाँच छोरामध्येका एक साजिद जावेदको बचपन ब्रिस्टलमै बितेको थियो । त्यही परको एक स्कुलमा उनले आफ्नो पढाई सुरु गरेका थिए ।

सन् २०१४ मा पत्रिका ‘डेली मेल’ लाई दिएको एक अन्तर्वार्तामा उनले बताएका थिए कि उनलको स्कुल अती कठोर थियो । तर उनी बदमास काम गर्थे । उनी बताउँछन् कि, जब उनका पिताले उनलाई रुट एक्ट (दंगा कानुन) पढाए तब उनको जिन्दगी बद्लिन सुरु भयो ।

उनका पिताले साजितलाई भनेका थिए, ‘मैँले यी सब कुरा झेलेको छु, मलाई अब निरास नबनाउनु ।’ साजित बताउँछन् कि उनलाई यो सुनेर एकदमै दुख लाग्यो । त्यसपछि उनले पढारईको क्षेत्रमा सफलता हासिल गर्न शुरु गरे ।

२०१० मा बने पहिलो पटक सांसद्

आफ्नो अफिसमा बेलायतका पूर्वप्रधानमन्त्रीको फोटो टाँगेका साजित जावेद २०१० मा बने पहिलो पटक सांसद् बनेका थिए । त्यस पहिले २५ वर्षको उमेरमा उनी चेज मेनहट्टन बैंकको उपाध्यक्ष पदमा पुगेका थिए । र सांसद बन्नु ठिक पहिले डायच बैँकमा प्रवन्ध निर्देशक बनेका थिए । एक मन्त्रीको रुपमा उनले आफ्नो कार्यकाल वित्त मन्त्रालयबाट सुरु गरेका थिए ।

बीबीसीकी राजनीतिक मामिलाकी सम्पादक लोरा क्वीन्सवर्गका अनुसार साजिद जावेदले आफ्नो मन्त्री परिषद्मा ठूला विवादबाट किनारा लागेका छन् । हालै विजनिस सचिवका रुपमा टाटा स्टील संकटको समयमा होस् वा ग्रेनफेल घटनाको दौरान सामुदायिक सचिव रहेका बेला उनले विवादको सामना गरेका थिए ।

अवैध आप्रवासी विवाद सुल्झाउने चुनौति

गृहमन्त्रीका रुपमा साजिदका सामुन्ने सबैभन्दा ठूलो चुनौति यही हुने छ कि उनले अवैध आप्रवासी विवादको समाधान निकाल्नुपर्ने छ किनकी यही विवादका कारण पूर्वगृहमन्त्री एम्बर रुडले पदबाट राजीनामा दिनुपरेको थियो । एम्बर रुडले पदबाट राजीनामा दिँदै यो बताएकी थिइन् कि उनले अवैध आप्रवासी सम्बन्धमा भूलवश सासंदहरुलाई गलत दिशानिर्देश गरिन् ।

यस राजीनामा पहिले उनले आप्रवासी परिवारलाई गरेको खराब व्यवहारको कारण समाचारमा आएकी थिइन् । आप्रवासी ती मानिस जो युद्धपछि बेलायतमा कानुनी रुपमा बसे । तर उनको यहाँ रहने अधिकारलाई लिएर प्रश्न खडा भयो र सरकारको आप्रवासी नीतिमाथि पनि आलोचना भएको थियो ।

साजिदले हालै ‘टेलिग्राफ सन डे’ लाई बताएका थिए कि अवैध आप्रवासी विवादले उनलाई व्यक्तिगत रुपमा आघात पुगेको छ । किनकी उनी आप्रवासी परिवारकै प्रतिनिधित्व गर्छन् । उनका आमा बुवापनि आप्रवासीका रुपमा पाकिस्तानबाट जो आएका थिए । हालैका आप्रवासी समुदाय दक्षिण एशियाको साथै क्यारेबियन भागबाट आएका थिए ।

आखिर के हो आप्रवासी विवाद ?

बेलायतमा सन् १९७३ मा कानुनी रुपमा बेलायत आएका व्यक्तिलाई पनि अवैधानिक अप्रवासीको दर्जा दिइँदैछ । यसमा ती व्यक्ति हुन्छन् जसले पहिले बेलायती पासपोर्टको लागि निवेदन दिएका थिएनन् वा उनीहरुसंग यस्तो दस्तावेज छैन जसले बताओस् कि उनीहरु पहिलेदेखि बेलायतमा बसिरहेका छन् ।

जातिगत अल्पसंख्यक समुदायबाट आएका पहिलो गृहमन्त्री जावेदले यस मुद्दामा ‘टेलिग्राफ सन् डे’ संग भनेका छन् कि यस मुद्दाले उनलाई एकदमै प्रभावित गरेको छ । किनकी यस मुद्दामा संघर्ष गर्नेहरुमा उनका आमा, बुवा वा उनी स्वयम् सहभागी हुनसक्थे  ।