काठमाडौं । विश्व मजदुर दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिले नेपाल एफएममा कालो ब्यानर टाँस्दै आन्दोलन थालेको छ ।


ADVERTISEMENT


महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको आन्दोलन टोलीले एफएमको भवनमा ब्यानर टाँगेर श्रमजीवि पत्रकार ऐन लागु गर्न दवाव दिएको हो । श्रमजीवी पत्रकार कर्मचारीलाई ५ महिनादेखि रोकिएको तलब अबिलम्ब उपलब्ध गराउनु पर्ने, श्रमजीवी पत्रकार ऐन अनुरुप सबै सेवा, सुबिधा दिनुपर्ने लगायतका माग राखेर आन्दोलन थालिएको महासंघले जनाएको छ । 


ADVERTISEMENT

# # #


ब्यानर टाँसेपछि आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विष्टले श्रमजीवीका माग पुरा नभए तालाबन्दीसम्ममा उत्रिन महासंघ बाध्य हुने चेतावनी दिए ।

समितिका संयोजक तथा महासंघका सचिव रामप्रसाद दाहालले व्यवस्थापनले चाहे तालाबन्दी रोकिने नत्र नरोकिने बताए । उनले पत्रकार महासंघ सिद्धान्ततः ट्रेड युनियनमा गइसकेकाले महासंघको नेपाल प्रतिष्ठान शाखालाई तत्काल ट्रेड युनियन प्रतिष्ठानका रुपमा दर्ता गर्न आग्रह गरे । शाखालाई आवश्यक सहयोग महासंघ केन्द्रबाट हुने दाहालले वचन पनि दिए ।

आन्दोलनमा केन्द्रिय सदस्य जन्मदेव जैसी, सदस्य यम बिरहीसहित नेपाल एफएम प्रतिष्ठान अध्यक्ष बैकुण्ठ ढकाल, सचिव रघुनाथ बजागाई, सह सचिवद्धय सम्झना पौडल लगायतको उपस्थिति थियो ।