काठमाडौं– नेपालको अग्रणी सिमेन्ट कम्पनी शिवम सिमेन्टले आफ्नो चर्चित ब्राण्ड अभियान क्वालिटीको मामलामा नो कम्प्रोमाइज अन्तर्गत चौथो भिडियो सार्वजनिक गरेको छ।


ADVERTISEMENT


यसपटक जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने नाराका साथ एक कर्तव्यनिष्ठ डाक्टरको कथालाई प्रस्तुत गरिएको छ।


ADVERTISEMENT

# # #


सार्वजनिक भिडियोमा पारिवारिक भ्रमणमा निस्कन लागेका एक डाक्टरले अकस्मात आएको बिरामीको शल्यक्रियालाई प्राथमिकता दिएर आफ्नो जिम्मेवारी पूरा गरेको मार्मिक कथा देखाइएको छ।

यसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जिम्मेवारी पूरा गर्ने सन्देश दिएको छ। यसअघि पनि कम्पनीले कर्तव्यनिष्ठ ट्राफिक प्रहरी, घरबेटी र भाडावालबीचको विश्वास, र समयको महत्वजस्ता विषयमा तीनवटा सफल भिडियोहरू सार्वजनिक गरिसकेको छ। कर्तव्यको मामलामा सर्तकताको मामलामा र समयको मामलामा नो कम्प्रोमाइज जस्ता सन्देशमूलक भिडियोहरूलाई दर्शकहरूले अत्यधिक रुचाएका थिए।

कम्पनीका अनुसार, यो अभियान केवल विज्ञापन नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ। नो कम्प्रोमाइज भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छुू भन्ने सन्देशमार्फत आफ्नो गुणस्तरप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।

स्थापनाकालदेखि नै ओपीसी  सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवमले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिँदै आएको बताएको छ। “गुणस्तरको पहिचान हो शिवम्” र “भरोसा अटुट सम्बन्धको” जस्ता नाराहरूले आफ्नो ब्राण्डको मूल सिद्धान्तलाई दर्शाएको कम्पनीको भनाइ छ।