काठमाडौँ – काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि डोेजर चलाएको छ ।


ADVERTISEMENT


शुक्रबार थापाथलीस्थीत राममन्दिर परिसरमा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो । राममन्दिरको क्षेत्रमा बनाएका अनाधीकृत टहरालाई भत्काइएको महानगरले जनाएको छ । गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले महानगरको सहयोग मागेको थियो ।


ADVERTISEMENT

# # #


महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।