काठमाडौं–२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी थिएन ।


ADVERTISEMENT


त्यसदिन जापान जान खोजेकी कान्छी छोरी सविनाको इच्छा पूरा भएको थियो । भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन ।


ADVERTISEMENT

# # #


एक वर्षभन्दा वढी जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा सिकेकी १९ वर्षीया सबिना १० वर्षअघिदेखि जापानमा हराइरहेकी हुन् । महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिलेसम्म कनै पत्तो लगाउन सकेको छैन । – आजको नागरिक दैनिकबाट