काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन आइतबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।



























































