जीवनमा स्वस्थ रहन चाहनुहुन्छ भने पेटको विशेष ख्याल राख्न जरुरी छ । पाचन प्रक्रिया अस्वस्थ भएमा स्वस्थ जीवन बिताउन सकिँदैन । पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग लाग्न सुरु हुन्छ । त्यसैले पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा विशेष ध्यान दिनुपर्छ । यी हुन् पाचन प्रक्रिया गडबडी भएमा प्रयोग गर्ने ६ खाद्यपदार्थ स्


ADVERTISEMENT


मेवा


ADVERTISEMENT

# # #


मेवामा पपिन नामक इन्जाइम हुन्छ । जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसबाट विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइन्छ । त्यसैले मेवा सेवनको २४ घन्टाभित्रै पाचन प्रक्रियामा सकारात्मक प्रभाव देखिन थाल्छ ।

दही

दहीमा यस्तो रासायनिक पदार्थ हुन्छ, जुन दूधमा समेत पाइँदैन । त्यसैले दूधभन्दा दही बढी स्वस्थकर मानिन्छ । यसको सेवनले पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्यामा पनि राहत मिल्छ ।

दहीबाट पाचन प्रक्रियालाई व्यवस्थित गर्ने ब्याक्टेरिया पाउन सकिन्छ । यसमा उच्च क्वालिटीको प्रोटिनसमेत हुन्छ ।

केरा

केरा फाइबरयुक्त फल हो । यसले इन्सुलिन र कैयौँ स्वस्थकर ब्याक्टेरिया वृद्धि गर्ने भूमिका खेल्छ । त्यसैले पाचन प्रक्रियामा गडबडी आएमा केराको पनि सेवन गर्न सक्नुहुन्छ ।

अदुवा

पाचन प्रक्रियामा सुधार ल्याउन अदुवाले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई दैनिक खानामा प्रयोग गरेर पनि लिन सकिन्छ । यसले खाना पचाउने इन्जाइम उत्पादनमा भूमिका निर्वाह गर्छ । एक गिलास मनतातो पानीमा दुई चम्चा अदुवाको रस राखेर पनि यसको प्रयोग गर्न सकिन्छ ।

स्याउ

स्याउमा अत्यधिक फाइबर हुन्छ । त्यसैले पाचनसँग सम्बन्धित समस्या भएमा नियमित रूपमा स्याउ प्रयोग गर्न सक्नुहुन्छ । खाना खाएको १५ मिनेटपछि स्याउको प्रयोग गर्दा पाचन प्रणालीलाई चुस्त राख्ने काम गर्छ ।

भुइँकटहर

पाचनका लागि भुइँकटहर पनि निकै उपयुक्त फल हो । यसमा ब्रोमेलिन इन्जाइम हुन्छ, जसले खाना पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।