काठमाडौं– माओवादी केन्द्रको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषयमा ब्रिफिङ गरेका छन् ।


ADVERTISEMENT


आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताएका हुन् । यस्तै उनले एकीकृत पार्टीको विधानमा जनयुद्ध शब्द राख्न नेकपा एमाले तयार रहेको जानकारी गराए ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रका एक नेताका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले आफू एमालेबाहेक अन्य दलहरुसँग पनि सम्पर्कमा रहेको भन्दै पार्टी विकल्पहीन अवस्थामा नरहेको बताएका थिए ।

तलदेखि माथिसम्मै समान हैसियतमा एकता हुनुपर्ने आफ्नो अडान यथावत् रहेको प्रचण्डले जानकारी गराएका थिए ।