काठमाडौं–रोमालाई समग्रमा ७–६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४ २ ले पराजित भए पनि लिभरपुल समग्रमा ७–६ को जितसहित फाइनलमा स्थान बनाउन सफल भएको हो ।


ADVERTISEMENT


पहिलो लेगमा ५–२ को अग्रता लिएको लिभरपुल दोस्रो लेगमा ४–२ ले पराजित भएको हो । यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो । अब उपाधिका लागि लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल युकारेनको राजधानी किभमा २६ मेमा हुँदैछ ।


ADVERTISEMENT

# # #


लिभरपुल पछिल्लो ११ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि सन् २००७ मा उसले फाइनल खेलेको थियो । क्वाटरफाइनलमा बार्सिलोनामाथि शानदार पुनरागमन गर्दै सेमिफाइनल यात्रा गरेको रोमाले बुधबार रातिको खेलमा पनि त्यस्तै पुनरागमन गर्ने शंकेत गरेको थियो । तर त्यो अन्तिममा आएर सफल हुन सकेन ।

पहिलो लेगमा ५–२ को अग्रता लिएको लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा अग्रता लियो। रोबर्टो फर्किनोको पासमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । घरेलु टोलीले १५ औं मिनेटमा जेम्स मिल्नरको आत्मघाती गोलमा बराबरी गर्‍यो । लिभरपुलका डिफेन्डर डेजान लोभ्रेनले क्लियर गर्ने क्रममा बल मिल्नरलाई लाग्दै गोल भएको थियो । लिभरपुललाई जोर्जिनियो वाईनाल्डमले क्लबका लागी पहिलो अवे गोल गर्दै पुनः अग्रता दिलाए । हेडरमा गोल गर्दै उनले २६ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए ।

घरेलु टोली रोमाले दोस्रो हाफमा पनि पोजेसन राख्दै गोल गर्ने थुप्रै प्रयास गर्यो । ५२ औं मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यस्तै ८७ औं मिनेट र अतिरिक्त समयमा नाइगोलानले पेनाल्टीमा गोल गर्दै रोमाको पुनरागमनको आशा जोगाए पनि त्यो पर्याप्त रहेन । राग्नर क्लाभानले डि बक्समा ह्यान्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो ।

तर दोस्रो हाफमा गरेको तीन गोल र पहिलो हाफमा पाएको एउटा उपहार गोल लिभरपुललाई पहिलो हाफमा दर्ता गरेको शानदार जितका बाबजुद रोक्न सफल भएन । लिभरपुल समग्रमा ७–६ को जितसहित फाइनलमा पुग्न सफल भयो ।

लिभरपुल यसअघि फाइनलमा ११ वर्षअघि पुगेको थियो भने उसले च्याम्पियन्स लिगको उपाधि नै जितेको भने १३ वर्ष अघि हो । सन् २००५ मा उसले उपाधि उचालेको थियो ।