काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल)मा ऋषभ पन्त र कप्तान श्रेयष ऐयरको अर्धशतकको मद्दतमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । टस हारेर व्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । भारी वर्षा भएपछि खेललाई १८ ओभरमा छोट्याइएको थियो ।


ADVERTISEMENT


डकवर्थ लुइस नियमको आधारमा राजस्थानलाई १२ ओभरमा १५१ रनको लक्ष्य दिइयो । जवाफी व्याटिङमा उत्रिएको राजस्थान पाँच विकेटको क्षतिमा १४६ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


दिल्लीका ऋषभ पन्तले ७ चौका र पाँच छक्काको मद्दतमा ६९ रनको योगदान गरे । उनी प्लेयर अफ दी म्याच भए । यसैगरी कप्तान श्रेयस ऐयरले ५० रन बनाए । पृथ्वी शाले ४७ र विजय शंकरले १७ रन योगदान गरे ।

बलिङतर्फ जयदेव उनादकदले सर्वाधिक तीन विकेट लिए । राजस्थान रोयल्स जस बटलरले ६७ रन बनाएका थिए । २६ बल सामना गरेका उनले चार चौका र सात छक्का प्रहार गरेका थिए । बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।