काठमाडौं–आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।


ADVERTISEMENT


नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं उपत्यकासहित सबै जिल्लामा दिवसको अवसरमा बिभिन्न कार्यक्रम भइरहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौंमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी र दिउँसो युनेस्कोसमेतको सहकार्यमा एसियाको प्रेस स्वतन्त्रता अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा सगरमाथा आरोहण गरिरहेका ७ जना पत्रकार महिलालाई लैंगिक समानता पुरस्कारबाट सम्मानसमेत गरिने छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्ने योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

उनले यस अवसरमा सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।