काठमाडौँ–एकदिवसीय क्रिकेटको वरियतामा इङ्ग्ल्याण्डले शीर्ष स्थान कब्जा गर्न सफल भएको छ । भारतलाई पछि पार्दै इङ्ग्ल्याण्ड शीर्ष स्थानमा उक्लिएको हो । गत मार्चमा अस्ट्रेलियालाई ४–१ तथा न्युजिल्याण्डलाई ३–२ अन्तरले पराजित गरेपछि आठ अंक बटुल्दै इङ्ग्ल्याण्ड वरियतामा अघि बढेको हो ।


ADVERTISEMENT


सन् २०१४–१५ मा निकै निरिह प्रदर्शन गरे यता इङ्ग्याण्डले आफ्नो खेलमा निकै सुधार गरेको छ । त्यतिबेला इङ्ग्ल्याण्डले २५ एकदिवसीय खेलमा मात्र ७ मा जित हासिल गरेको थियो भने बंगलादेशसँग पराजित हुँदै विश्वकपको समूह चरणबाट बाहिरिएको थियो ।


ADVERTISEMENT

# # #


त्यो सिजन अलिस्टर कुक एकदिवसीय कप्तानको भूमिकाबाट हटाइएका थिए । इओन मोर्गनलाई कप्तान बनाए पनि विश्वकपमा राम्रो प्रदर्शन गर्न इङ्ग्ल्याण्डले सकेन । विश्वकपपछि भने इङ्ग्ल्याण्डले ६० खेलमध्ये २७ मा ३ सय वा सोभन्दा बढी रन बनाएको छ भने पहिलो पटक एउटा इनिङमा चार सय रन बनाउन सफल भएको छ ।

पछिल्लो पटक सन् २०१३ को जनवरीमा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको १२५ अंक रहेका छ भने भारतको १२२ अंक रहेको छ । यसअघि दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका ४ अंक गुमाउँदै ११३ अंकसहित तेस्रो स्थानमा झरेको छ । न्युजिल्याण्ड एक अंकपछि चौँथो स्थानमा रहेको छ ।

त्यसपछिको वरियतामा कुनै परिवर्तन नआए पनि अंकमा भने ब्यापक फेरबदल भएको छ । पाँचौ स्थानमा रहेको विश्व च्याम्पियन अस्ट्रेलियाले ८ अंक गुमाउँदै १०४ अंक बटुलेको छ । शीर्ष १० टोलीले आगामी विश्वकपमा स्थान बनाएका छन् ।

यस्तो छ वरियता
१. इंग्ल्याण्ड १२५ (+८)

२. भारत १२२ (–१)

३. दक्षिण अफ्रिका ११३ (–४)

४. न्युजिल्याण्ड ११२ (–२)

५. अस्ट्रेलिया १०४ (–८)

६. पाकिस्तान १०२ (+६)

७. बंगलादेश ९३ (+३)

८. श्रीलंका  ७७ (–७)

९. वेस्ट इन्डिज ६९ (–५)

१०. अफगानिस्तान ६३ (+५)

११. जिम्बावे ५५ (+४)

१२. आयरल्याण्ड ३८ (–३)