काठमाडौं–प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच कुराकानी सुरू भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एमाले र माओवादी केन्द्रले मार्क्स जयन्तीको दिन पार्टी एकताको मिति घोषणा गर्ने तयारी गरिरहेका छन् ।

आजै दुई दलको एकता संयोजन समितिको बैठक बस्ने सम्भावना समेत रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार सचिवालयलाई सांगठनिक अवस्थाको रिपोर्ट अद्यावधिक गर्न निर्देशन दिएका थिए । प्रचण्डले बैठकमा पार्टी एकता छिट्टै हुुने ब्रिफिङ गरेका थिए ।