काठमाडौं–वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि बैशाख २७ गतेको शुभसाइत निकालिएको छ ।


ADVERTISEMENT


ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ ।


ADVERTISEMENT

# # #


लगनखेलबाट जावलाखेल रथ तान्नका लागि विशेष विधिपूर्वक शुभसाइत हेर्ने चलन अनुसार जोशी गुरुहरुले विहिबार विहान शुभसाईत हेरेका हुन् ।

परम्परा अनुसार मंगलबजारको मणिमाण्डपमा विशेष विधिपुर्वक ज्योतिषीहरु बसेर रथलाई जावलाखेलतर्फ तान्ने शुभसाइत हेरिन्छ ।

शुभसाईत जुरेपछि रथलाई तानेर जावलाखेल पुर्याइन्छ र त्यहा पुर्याएको चार दिन पछि भोटो देखाउने गरिन्छ ।

बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै २ महिना सम्म मनाईने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरि शुभसाईत हेरिएको ज्योतिष कृतिकिरण जोशीले जानकारी दिए ।

पुलचोकबाट सुरु भएको रथजात्राको पहिलो दिन रथलाई नःटोल पुर्याउने गरिन्छ ।  त्यसपछि महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्याईन्छ । अनि लगनखेलबाट शुभसाईत हेरेर जावलाखेल ल्याउने गरिन्छ ।