काठमाडौं–पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा एमाले का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।


ADVERTISEMENT


चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफलमा कुनै ठोस सहमति भने नभएको बताइएको छ ।


ADVERTISEMENT

# # #


दुई अध्यक्ष पुनः ३ बजे छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएका थिए ।