काठमाडौं–ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ ।


ADVERTISEMENT


मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो ।


ADVERTISEMENT

# # #


‘आरोपित ५ बंगालीलाई प्रहरीले हिरासतमा लिइसकेको छ,’ दूतावासकी द्वितीय सचिव रोजिना ताम्राकारले स्रोतसँग भनिन्, ‘उनीहरूसँगको बयान जारी छ ।’

मस्कटबाट झन्डै ४० किमिमा रहेको मावेलस्थित वारदातको निर्माणाधीन भवनमा वैशाख १४ मा २९ वर्षीया नेपाली युवतीमाथि ५ बंगालीले सामूहिक बलात्कार गरेका थिए । ती युवतीलाई चिनजानमा रहेका बंगाली नागरिक आजादले काम लगाइदिन्छु भनी लिएर गएका थिए । – आजको कन्तिपुरबाट

–यो पनि पढ्नुहोस

ओमनमा नेपाली युवतीको अपहरणपछि बलात्कार