काठमाडौं–प्रदेश नम्बर २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


‘उहाँको सम्मानमा र आम मान्छेलाई जनकपुर आउन सजिलो होस् भनेर बिदा दिने निर्णय गरेका हौं,’ मुख्यमन्त्री लालबाबु राउतले स्रोतलाई बताएका छन् । मोदीलाई स्वागत गर्न प्रदेशका आठै जिल्लाबाट मानिसहरू पठाउन निर्देशन दिइएको पनि बताए ।

बिहारको पटनाबाट हेलिकप्टरबाट मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ । जानकी मन्दिरमा पूजाआजा गरेपछि बाह्र बिगामा उनलाई नागरिक अभिनन्दनन गरिनेछ ।

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो ।