काठमाडौं–सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।


ADVERTISEMENT


सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका बिभिन्न रुटमा गाडी चलाउने व्यवस्था मिलाएको जनाएको छ । विभागका प्रवक्ता तुलसीराम अर्यालले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा साझा, मयुर, शुुभकामना, अन्नपूर्ण र बज्रबाराहीका बस चलाउने व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि धनगढी–काठमाडौं रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाडौंभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ ।

कुन रुटमा कुन गाडी चल्दैछन् ?

इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस ।

सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट रुट– बुलबुले, देउती र नागरिक यातायातका बस ।

काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस ।

काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस ।

रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस ।

रुकुम–काठमाडौं– रुकुम यातायात प्रा लि का बस

कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस ।

बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस

अर्घाखाँची–बुटवल– लंका यातायातका बस

काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस ।

दाङ–काठमाडौं– मालिका कालिका र सहारा यातायाका बस

काठमाडौं, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस ।

काठमाडौं–जनकपुर– चुरिमाई यातायात ।

सर्लाही–जनकपुर– रातुकमला ।

भक्तपुर–काठमाडौं– शुुभकामना यातायात ।