काठमाडौं–स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेकी छन् ।


ADVERTISEMENT


प्रत्यक्षदर्शीका अनुसार आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर बिहिबार साँझ करिब ४ बजेतिर उनी फेवा तालमा हाम फालेकी हुन् । उनी हाम फालेको देख्ने बित्तिकै किनारमै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट बाहिर निकालेका थिए ।


ADVERTISEMENT

# # #


तालबाट निकालेपछि उनलाई उद्धारमा रहेका व्यक्तिले सम्झाई बुझाई गरेका थिए । उद्धारकर्ताले उनी डिप्रेशनका कारण तालमा हाम फालेको हुन सक्ने बताएका छन् ।

उनी पोखरामा जारी ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका’ विषयक गोष्ठीमा भाग लिन आएकी थिइन् । श्रोतका अनुसार उनी १५ दिनअघि काठमाडौं गएर डिप्रेसनको उपचार गरी घर फर्किएकी थिईन् । काठमाडौंमा उनलाई औषधि दिएर केही समय आराम गर्न सुझाव दिएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। ‘घटनाकाबारेमा हामीले पछि मात्र थाहा पायौ,’ कास्की प्रहरीले भन्यो, ‘हामीले थाहा पाउँदा उनी उपचार पछि घर फर्किसकेकी रहिछन् । उनी अहिले हाम्रो सम्पर्कमा छैनन् । अनुसन्धान र खोजी भइरहेको छ ।’

कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले आफूहरूले यसबारे पछि मात्र थाहा पाएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘हाम्रो सम्पर्कमा मेयर र उपमेयर दुबै आएका छैनन् । स्याङ्जा पुगिसकेको भन्ने जानकारी आएको छ, हामी बुझ्दैछौ,’ उनले भने ।