काठमाडौं–सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलन शुरु गरेका छन् । उनीहरुले आजदेखी यातायात सेवा नै बन्द गरिसकेका छन् । तर, सरकारले सिण्डिकेटसामू नझुक्ने रणनीति लिएको छ । आज सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले स्रोतलाई बताएको छ ।


ADVERTISEMENT


अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण गृह प्रशासनले संकलन गर्ने छ भने विभाग पनि टोली खटाएको छ । देशभर सेवा रोक्ने सवारीको विवरण लिएर खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले स्रोतलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


अत्यावश्यक सेवामा हड्ताल गर्नेविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उनले बताए । ‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौं, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन्, हामी पनि त्यसमा खटिन्छौं’ भट्टराईले भने ।

उनका अनुसार केही व्यवसायीले आन्दोलन गरेपनि सेवा बन्द नहुने प्रवन्ध मिलाइनेछ । यसका लागि “क्यू फ्री” बनाइएको छ र यात्रुको चाप भएका सडकमा कम्पनीका बसहरु अन्नपूर्ण, साझा, मयुर लगायतका बसहरु सञ्चालनमा ल्याइएको छ ।

आन्दोलनको नाममा सार्वजनिक सवारी रोक्नु अपराध भएको भन्दै गृह प्रशासनले पनि त्यही अनरुप कारवाही गर्ने बताएको छ । सरकारले हालै मात्र अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने गरी राजपत्रमा सूचना पनि निकालेको छ ।

कतिपय व्यवसायीहरु समिति त्याग्दै स्वतन्त्र ढंगले सवारी चल्ने अपेक्षा छ । शुक्रबार पर्यटक बसहरुलाई पनि परिचालन गर्ने योजना रहेको छ । उपत्याकाभित्र विभिन्न कम्पनीका ठूला बसहरु चलिरहेकाले व्यवसायीले आन्दोलनमा आएर सवारी नचलाए पनि फरक नपर्ने विभागको आँकलन छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा सिण्डिकेटधारी यातायात संघ तथा समितिहरुहरुले समिति नवीकरण रोकेको र कम्पनीमा जान बाध्य पारिएको बिरोधमा आज देशभर सार्वजनिक यातायात ठप्प पार्ने स्रोतबाट जानकारी प्राप्त भएको छ ।