काठमाडौँ– नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघले सिन्डकेटको विरुद्ध सरकार कडा भएको भन्दै आज देशभरको सार्वजनिक यातायात सेवा बन्द गरेसंगै जनजीवन प्रभावित भएको छ । यात्रुहरुले आफ्नो गन्तव्यमा जान सकिरहेका छैनन् ।


ADVERTISEMENT


यातायात व्यवस्था विभागले हालै जारी गरेको निर्देशिका खारेजको माग गर्दै यातायात व्यवसायी आफ्ना गाडी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग पूरा नगरे २६ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरेर २७ गतेदेखि अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT

# # #


महासंघमा आवद्ध करीब २ लाखभन्दा बढी सार्वजनिक गाडी नचलेपछि यात्रु मर्कामा परेका छन् । तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु साझा, मयुर, अन्नपूर्ण लगायतले भने आफ्नो सेवालाई निरन्तरता दिएपछि यात्रुलाई केही मात्रामा राहत मिलेको छ । सरकारले सहयोगका लागि आग्रह गरेपछि स्कुल बस लगायतका अन्य निजी सवारी साधानले पनि यात्रुलाई लिफ्ट दिइरहेका छन् ।

यद्धपी सरकार भने सिन्डिकेटको विरुद्धमा झन् कडा हुँदैछ । यातायात व्यवस्था विभागले आज नचलेका सार्वजनिक सवारीहरुको विवरण तयार गरेर आजै तिनीहरुको रुप परमित खारेज गर्ने कडा चेतावनी सकेत दिएको छ । तर व्यावसायीहरुले भने अटेर गरिरहेका छन् ।