काठमाडौं – सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

काउन्टर हटाउन लोत्सेले प्रहरी सुरक्षा मागेको छ । त्यसअनुसार गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ । अब बसपार्कभित्रका समितिका काउन्टर हटाएर कम्पनीहरुलाई व्यवस्थित रुपमा मात्रै राखिने भट्टराईले बताए । अहिले नयाँबसपार्कभित्र रहेका समितिका काउन्टरहरुमा बिचौलियाको बिगबिगी छ ।

सही किसिमबाट व्यवस्थापन नगरिादा बसपार्कभित्रै यात्रु ठगिनेर लुटिने समस्या छ । अब कम्पनीका मात्रै काउन्टर राख्ने र त्यसलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्ने योजना बनेको छ ।

यी पनि पढ्नुस्

सेवा ठप्प पार्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

धमाधम पक्राउ पर्दै यातायात व्यावसायी, महासचिव सिटौला पनि समातिए

जिल्ला छाड्दै कास्कीका यातायात व्यावसायीले भने, ‘सक्छौ भने पक्राउ गरेर देखाऊ’

सिन्डकेटविरुद्ध कडा बन्दै सरकार, पश्चिम नेपाल बस व्यवसायी समितिका पदाधिकारी पक्राउ

यातायात व्यवस्था विभागद्वारा २६ वटा माइक्रो बसको रुट परमिट खारेज