काठमाडौं–सरकारले सिण्डिकेटको पक्षमा सेवा अवरुद्ध पारेका ७१ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ । देशका १८ जिल्लाका ७१ व्यवसायी पक्राउ परेका गृह मन्त्रालयले स्रोतलाई जानकारी दिएको छ । शुक्रबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरीले व्यवसायीलाई धमाधम पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीले सुनसरी, उदयपुर, खोटाङ, झापा, सप्तरी, बारा, रौतहट, मकवानपुर, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ, रुपन्देही, दाङ, कपिलबस्तु, कालिकोट र कैलाली जिल्लामा यातायात व्यवसायीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले शुक्रबार दिउँसो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको थियो । त्यस्तै पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहा बुटवलबाट पक्राउ परेका छन् ।

सबैभन्दा धेरै व्यवसायी रुपन्देहीबाट १० जना पक्राउ परेका छन् । त्यस्तै सुनसरीबाट ९ जना, झापाबाट ८ जना, बाराबाट ७ जना, रौतहट, खोटाङ र लमजुङबाट ५/५ जना पक्राउ परेका छन् ।

उनीहरुलाई बस चलाउने र सिण्डिकेट नमान्ने प्रतिवद्धता जनाएमात्र रिहा गरिने गृह मन्त्रालयले जनाएको छ ।