काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले किङ्ग्स इलाभेन पन्जाबलाई ६ विकेटले हराएको छ । इन्दौरमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।


ADVERTISEMENT


मुम्बईको जितमा सूर्यकुमार यादवले ४२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ५७ रन बनाए । यसैगरी क्रुणाल पान्ड्याले ११ बलमा नटआट ३१ र कप्तान रोहित शर्माले १५ बलमा नटआउट २४ रन योगदान गरे ।


ADVERTISEMENT

# # #


सूर्यकुमार प्लेयर अफ दि म्याच भए । पावरप्लेको पहिलो ६ ओभरमा ३९ रन बनाउँदा अधिकतम योगदान सूर्यकुमारको थियो । १० ओभरमा स्कोर एक विकेटको क्षतिमा ६७ रन पुगेको थियो । त्यसमा ५१ रन सूर्यकुमारको थियो । उनले अंकित राजपुतको बलमा पहिलो छक्का र फेरि चौका हानेर आईपीएलको जारी सिजनमा तेस्रो अर्धशतक पूरा गरे ।

बलिङतर्फ पन्जाबका मुजिब उर रहमानले दुई विकेट लिए । यसअघि इन्दौरको होलकर क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले अर्धशतक बनाएका थिए । ४० बल सामना गरेका उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका थिए ।

यो जितसँगै मुम्बई अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । पन्जाब भने चौथो स्थानमा छ ।