बनेपा–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा काभ्रेका हेलम्बु, कोभ्रे मिनिबस र काभ्रे बस समितिले आफ्ना बस पेट्रोल पम्प, ग्यारेज, ड्रइभिङ सेन्टर, सार्वजनिक चौरमा थन्क्याएर सरकारलाई नै चुनौती दिन थाले ।


ADVERTISEMENT


काभ्रे प्रशासनले पनि शुक्रबार बिहानै देखि कम्पनीका र निजी स्कुलका बसलाई सुरक्षासहित सडकमा ल्याएर यात्रुलाई सेवा दिन थालेको छ ।


ADVERTISEMENT

# # #


हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय प्रशासनको अनुरोधमा स्कुल बसलाई यात्रु बोक्न पठाएका हौं । बेलर इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशकले भने, विद्यार्थी लिएर र पुर्याउने समयबाहेक दिनभरि नै हाम्रो बसले यात्रुलाई सेवा दिइरहेका छन् । – आजको नागरिक दैनिकबाट