काठमाडौं–काठमाडौंबाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा शनिबार बिहान पेट्रोल बम प्रहार गरेको थियो । रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले स्रोतलाई जानकारी प्राप्त भएको छ ।


ADVERTISEMENT


पोखरेलका अनुसार दुई जनाको संख्यामा रहेका अज्ञात व्यक्तिले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए । बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो । ‘ड्राइभरको पछाडिको एक र दुई नम्वर सिटको नजिकको बडीमा ह्वाहार्ती आगो लागेपछि यात्रु र गाडिका स्टापको प्रयासले आगो निभाइएको हो,’ अध्यक्ष पोखरेलले भने ।


ADVERTISEMENT

# # #


उनले सम्भावित ठूलो क्षति हुनबाट बस जोगिएको जानकारी दिए । काठमाडौंबाट दाङ तुलसपुर तर्फ आउँदै गरेको उक्त बस अहिले प्रहरीले स्कटिङ गरेर दाङ ल्याउँदै गरेको अध्यक्ष पोखरेलले बताए । पेट्रोल बम कस्ले प्रहार गरेको हो? भन्ने सवालमा यकिनका साथ भन्न नसकिने अध्यक्ष पोखरेलले बताए । ‘नेपाल कम्यूनिष्ट पार्टीको पनि नेपाल बन्द छ र अर्को तर्फ यातायात समितिहरु पनि आन्दोलनमा छन् । त्यसैले कस्ले पेट्रोल बम प्रहार गरेको हो भन्ने कुरा प्रहरीले पत्ता लगाउला,’ उनले भने ।

दाङमा नेकपाको वन्दले जनजीवन प्रभावित
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले गरेको एकदिने नेपाल वन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

त्यहाँ यातायात, कलकारखाना, बजार ठप्प छन् । फाट्टफुट्ट रुपमा मात्रै साना सवारी साधान सञ्चालनमा आएका छन् । दाङ जिल्ला सेक्रेटरी ‘विक्रम’को नामवाट जारी विज्ञप्तीमा बन्दका क्रममा उद्योग, व्यापार, कल कारखाना, शैक्षिक संस्था सबै बन्द रहने जानकारी दिइएको छ।

विप्लवका दुई जना कार्यकर्ता पक्राउ
ईलाका प्रहरी कार्यालय तुलसीपुरले नेकपाका दुईजना कार्यकर्ता पक्राउ गरेको जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी २० बर्षीय अर्जुन सुनार र तुलसीपुर १५ निवासी १७ बर्षीय जनार्दन बोहोरा पक्राउ परेको ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटोले जानकारी दिए । उनीहरुलाई शुक्रवार साँझ मसाल जुलुस प्रदशनको क्रममा तुलसीपुरवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।