श्यामकुमार ठाकुर/सिरहा–सिरहाको कर्जन्हा नगरपालिकामा ३८ बर्षको पुरुषको हत्या भएको छ । शुक्रबार राति कर्जन्हा नगरपालिका–७ का ३८ वर्षिय मुसहरु भन्ने सोपिन्द्र यादवको हत्या भएको हो ।


ADVERTISEMENT


रातभर घर नआएपछि विहान खोज्दा यादव मृत अवस्थामा फेला परेको परिवारजनले स्रोतलाई बताएका छन् ।


ADVERTISEMENT

# # #


कर्जन्हा नगरपालिका–७ मा पर्ने मरेवामा सुत्ने घर भएपनि गोठ घर भन्दा एक किलोमिटर पश्चिममा रहेको थियो । शुक्रबार राति गाइभैसीलाई पराल लगाएर घर फर्किने क्रममा यादव माथि आक्रमणको आशंका गरिएको छ ।

यता प्रहरी विहानै देखि अनुसन्धानमा लागेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।