काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले डा.देवकोटासँग संक्षिप्त कुराकानी समेत गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


बेलायतको एक अस्पतालमा उपचारका लागि पुग्नुभएका डा.देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्किएका हुन् ।