काठमाडौं–प्रहरीले उत्तर कोरियाली नागरिकद्वारा सञ्चालित दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट १० युवती र एक पुरुषलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखाको विशेष टोलीले दरबारमार्गस्थित याक एन्ड यति होटल अगाडि रहेको कोरिया प्योङयोङ आरेर्‍याङ रेस्टुरेन्टबाट ११ जनालाई पक्राउ गरेको प्रहरी उच्चस्रोतले जानकारी दियो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका ११ जना नै उत्तरकोरियाली नागरिक हुन् । प्रहरीका अनुसार उनीहरू लामो समयदेखि श्रम स्वीकृतिबिना नेपालमा काम गरिरहेका थिए ।

बिजनेस भिसामा नेपाल आएर गैरकानुनी रुपमा काम गरिरहेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले रेस्टुरेन्ट सञ्चालक र कामदारमाथि अनुसन्धान गरिहरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।