काठमाडौं–रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ नजिक पुगेको छ । शनिबार भएको पहिलो खेलमा विराट कोहलीको टिम बैंलोरलाई महेन्द्र सिंह धोनीको टिम चेन्नईले सहजै हराएको हो । चेन्नईको जितमा कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे ।


ADVERTISEMENT


१ सय २८ रनको सामान्य लक्ष्य चेन्नईले १८ ओभरमा ६ विकेट गुमाउँदै पार गर्‍यो । १८ औं ओभरमा तीन छक्का प्रहार गर्दै कप्तान महेन्द्र सिंह धोनीले चेन्नईको जितलाई सहज बनाए । धोनी यस प्रतियोगितामा उच्च लयमा देखिएका छन् । उनी ३१ रनमा नट आउट रहे । चेन्नईका लागि अम्बाती रायडुले ३२, सुरेश रैनाले २५ रन जोडेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनायो । उसका लागि पार्तिभ पटेलले ५३ रनको योगदान दिए । एबी डी भिलियर्सले पछिल्लो केही खेल गुमाएपछि यस खेलमा फर्किए पनि १ रन मात्र बनाउँदै पवेलियन फर्किए । उनलाई धोनीले हर्बजन सिंहको बलमा स्टमपिङ्ग गरेका थिए । रविन्द्र जडेजाले ३ तथा हरबजन सिंहले २ विकेट लिए ।

यो पराजयसँगै बैंगलोर ९ खेलमा ३ जित सहित छैटौं स्थानमा रहेको छ । यता विजयी भएको चेन्नई १० खेलमा १४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

गएरातिनै भएको अर्को खेलमा दिल्लीलाई हराउँदै सनराइज हैदारावाद शीर्ष स्थानमा उक्लिएको छ ।