काठमाडौं–नयाँ शक्ति पार्टी नेपालले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको बताएको छ । पछिल्लो पटक नयाँ शक्ति, संघीय समाजवादी फोरम र माओवादी केन्द्रवीच वार्ता भएका समाचार आईरहेका बेला नयाँ शक्तिले आफ्नो धारणा सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


‘मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।’ प्रवत्ताद्धय डम्बर खतिवडा र प्रशान्त सिंहले जारी गरेको विज्ञप्तीमा छ ।


ADVERTISEMENT

# # #


केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुविकरण र कार्यगत एकता सम्बन्धी समाचार आएका छन् । यही विषयमा वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकका निणय भन्दै विज्ञप्ती जारी गरिएको छ ।

‘नयाँशक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएको पार्टी हो । ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायतका बिषयमा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानीपुग्ने गरी नयाँशक्ति पार्टी, नेपालकुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुनेछैन । यसबारे कसैले कुनै आशंका गरिरहन आवश्यकन भएको प्रष्ट पार्दछौं ।’ निर्णयमा छ ।

यसै गरी भनिएको छ, ‘राजनीति एक गतिशील प्रक्रिया हो । राजनीतिक दल र नेतृत्वबीच भेटघाट र छलफल हुनु स्वभाविक कुरा नै हो । यस बीच नयाँ शक्ति पार्टीकै पहल कदमीमा विभिन्न पक्षहरुसँग छलफल र भेटघाट भएको हो । तर त्यसको उद्देश्यबृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावीकार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु थियो ।’

त्यसबाहेक भनिएको छ, ‘दलहरुको संख्या धेरै भएर लोकतन्त्रबलियो हुने हैन । निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्छ । यस अर्थमा नयाँशक्ति पार्टी, नेपाल सबै पक्षहरुसँग राजनीतिक संवादका लागि तयार छ । तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’निर्माण गर्ने उद्देश्यत्यसको आधारभूत शर्त हो । तथा कथित पुँजीवादी वा साम्यवादी आवरणमा यो उद्देश्य परिपुर्ति नहुने यथार्थबारे नयाँशक्ति पार्टी उत्तिकै प्रष्ट छ ।’