काठमाडौं–सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गरिरहेका यातायात व्यवसायीसँग सरकारले आज छलफल गर्ने भएको छ ।


ADVERTISEMENT


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफलका लागि व्यवसायीलाई दिउँसो सिंहदरबार बोलाएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष जीतबहादुर भारतीले जानकारी दिए । छलफलको समय भने तोकिएको छैन ।


ADVERTISEMENT

# # #


भारती हिरासत बाहिर रहेका महासंघका एकमात्र पदाधिकारी हुन् । अत्यावश्यक सेवा अवरोध गरेको भन्दै महासंघका केही पदाधिकारीलाई शुक्रबार र केहीलाई शनिबार पक्रेर प्रहरी हिरासतमा राखिएको छ ।

महासंघ सरकारी निर्णयको विरोध गर्दैै शुक्रबार देशभरि सार्वजनिक यातायात नचलाउने निर्णय गरेको थियो । सोही दिन व्यवसायीसँग छलफल हुने भनिए पनि धेरै पदाधिकारी पक्राउ परेकाले छलफल भएन ।

शनिबार महासंघको बैठकमा नै प्रहरीले हस्तक्षेप गरी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायत पदाधिकारीलाई पक्राउ गरेको छ ।