कास्की–पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन् । उनले दुई पार्टी एकीकरण अहिले आवश्यकता समेत भएको दावी गरेका छन् ।


ADVERTISEMENT


पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दोहोरयाएका छन् । माक्र्सको द्वि–शतवार्षिकीमा पोखरामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले ‘कतिपयलाई लाग्न सक्छ एमाले एमाले नै रहने माओवादी माओवादी नै रहन्छ तर त्यसो होइन,’ उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’


ADVERTISEMENT

# # #


उनले तत्कालिन नेकपा माक्र्सवादी र मालेबीचको पार्टी एकता उदाहरणीय भएको भन्दै एमाले माओवादी एकताका लागि कार्यदलका प्रतिवेदनहरु टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले केही दिनमै एकताको मिति घोषणा गर्ने बताए ।