काठमाडौं–अधिक रक्तस्राव भई सुुत्केरीले अकालमा ज्याने गुुमाउने अवस्था अन्त्य गर्न सरकारले निःशुुल्क हेलिकोप्टर सेवा सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुुत्केरीको जीवनरक्षाका लागि दुुर्गममा हेलिकोप्टर सेवा दिनुुपर्ने आवश्यकता देखिएको महसुस गरेको छ ।


ADVERTISEMENT


दक्षिण एसियामा सबैभन्दा धेरै सुुत्केरीको ज्यान जाने मुुलुुकका रूपमा नेपाल रहेकाले त्यसलाई न्यूनीकरण गर्न हेलिकोप्टर खरिद गर्न स्वास्थ्यले प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयकी सचिव डा.पुुष्पा चौधरीले भनिन्, ‘मातृमृत्युुदर घटाउन हेलिकोप्टर खरिदका लागि प्रस्ताव गरेका छौं ।’ मन्त्रालयको वार्षिक समीक्षा गोष्ठीमा समेत क्षेत्रीय निर्देशकहरूले मातृमृत्युुदर घटाउन हेलिकोप्टर खरिद गर्न सुुझाएका थिए ।

अहिले दुर्गमबाट भाडामा हेलिकोप्टर लिई एक सुुत्केरीलाई एयर लिफ्टिङ सेवा प्रदान गर्न झन्डै पाँच लाखसम्म खर्च हुुने गरेको छ ।