मस्को–रसियाको राष्ट्रपतिका रुपमा पुटिनको चौथो कार्यकालको सपथग्रहण नजिक आइरहदा रुसका कयैन सहरहरुमा यसको विरोध भएको छ । विरोधमा हस्तक्षेप गर्दै प्रहरीले लगभग १६०० प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरोध प्रदर्शनका आयोजक एलेक्सी नेभल्नी पनि छन् । भ्रष्टचार विरोध अभियान शुरु गरेर चर्चामा आएका नेभल्नी पुटिनका सबैभन्दा कट्टर विरोधी मानिन्छन् ।


ADVERTISEMENT


प्रहरीले नेभल्नीलाई मस्कोको पुशकीन चोकबाट हात खुट्टामा समाएर झुण्डाएउदै पक्राउ गरेको थियो । त्यो चोकमा हजारौं मानिसहरु अनाधिकृत विरोधको लागि भेला भएका थिए । “पुटिन चोर हुन्” र “रसिया स्वतन्त्र हुनेछ” नारा लगाइरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले लाडीचार्ज गरेको थियो ।


ADVERTISEMENT

# # #


“उनी हाम्रो राजा होइनन् ” नारा घन्किएको प्रदर्शनहरु सुदुर उत्तरपूर्व याकुट्स्क देखि सेन्ट पिटरवर्ग र युरोपलाई छोएको कलिनग्रादसम्म भएको भएको थियो । यो प्रदर्शनले प्रशासनले घृणाको साथ हेर्ने र सरकारी मिडियाले बेवास्ता गरिरहेको नेभल्नीले नेतृत्व गरिहेको प्रतिपक्षको देशको उलेख्य हिस्सामा प्रभाव रहेको देखाएको छ ।

“मलाई लाग्छ पुटिन यो देशको नेतृत्व गर्न अयोग्य छन् । विगत १८ वर्षदेखि उनी सत्तामा छन् र उनले देशको लागि केही राम्रो गरिरहेका छैनन् । ” मस्कोमा प्रदर्शन गरिरहेका दिमित्री निकितेन्कोले भने , “ अब उनले सधैको लागि सत्ता छाड्नुपर्छ ।”

राजनैतिक दमनको निगरानी गर्ने सस्था ओभीडी–इन्फोले शनिबार बेलुका कम्तिमा १६०७ जना मानिसहरु रुसका २० सहरहरुबाट पक्राउ परेको बताएको छ । सस्थाका अनुसार ७०४ जना त मस्कोबाट मात्र पक्राउ परेका थिए र अर्को २२९ जना दोश्रो ठूलो सहर सेन्ट पिटर्सवर्गबाट पक्राउ परेका थिए ।

समाचार रिपोर्ट अनुसार समातिएका प्रदर्शनकारीहरु प्रहरी अबज्ञा गरेको आरोपमा १५ दिनसम्म जेल पर्न सक्छन् । सोमबार पुटिनले आगामी ६ वर्षको लागि नयाँ कार्यकाल सम्हाल्दैछन् । मार्चमा भएको निर्वाचनमा उनी ७७% भोट ल्याएर पुनः निर्वाचित भएका थिए ।

तर निर्वाचनमा नेभल्नीलाई गम्भिर प्रकृतीको अपराधको आरोप लगाएर चुनावमा सहभागी हुन बन्देज लगाइएको थियो । त्यसपछि उनले आफ्ना समर्थकहरुलाई चुनाब बहिस्कार गर्न आह्वान गरेका थिए ।