‘भोट हाल्न नआउनेलाई हात खुट्टा बाँधेर ल्याउनु, हाम्रो पक्षमा भोट हाल्न लगाउनु’


ADVERTISEMENT


कर्नाटक–कर्नाटकका भाजपाका मुख्यमन्त्री पदको उम्मेद्वार बीएस येदियुरप्पाले एक चुनावी प्रचारको क्रममा विवादास्पद बयान दिएका छन् । बेलागावीको चुनावी सभामा सम्बोधन गर्दै उनले भोट हाल्न नआउने मतदाताहरुको हात खुट्टा बाधेर ल्याउनु र किट्टूरबाट उठेका भाजपा उम्मेद्वार महन्तेश डोड्डागौडको पक्षमा भोट हाल्न लगाउनु भनेका हुन् ।


ADVERTISEMENT

# # #


घरभित्रै पसेर हात खुट्टा बाँध्नु

आफ्नो कार्यक्रर्ताहरुलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री येदियुरप्पाले भने, “यो तपाईहरु आराम गरेर बस्ने बेला होइन, यदी तपाईलाई लाग्छ कि कोही भोट हालिरहेका छैनन् भने उसको घरमा जानुस् । उसको हात खुट्टा बाँधेर भोट हाल्ने ठाँउमा ल्याउनुस् र भाजपा उम्मेद्वार महन्तेश डोड्डागौडको पक्षमा भोट हलाउनुस् ।”

सम्बोधनको क्रममा कङ्ग्रेसमाथि हमला गर्दै उनले भने “कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया चामुडेश्वरी र बादामी दुबै विधानसभा सिटबाट हार्नेछन् । ” उनले भने, “काङ्ग्रेस हाल डुब्न लागेको जहाज हो । यस कारण म तपाईहरुलाई भाजपाको पक्षमा भोट हाल्नको लागि भनिरहेको छु ।”

कर्नाटकको २२४ सिटहरुमा १२ मेमा भोटिङ्ग हुदैछ । र, १५ मेमा चुनाबको परिणाम आउनेछ । भाजपाले कर्नाटक राज्यको सत्तामा फर्किनका लागि सम्पूर्ण बल प्रयोग गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टीको १५ वटा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकोमा हाल त्यो बढाएर २१ सभा सम्बोधन गर्ने भएका छन् ।